हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक २९ गते । पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नतिका लागि नदीजन्य पदार्थको अभाव भएको छ । पूर्वसर्त अनुसार स्थानीय तहले नदीजन्य पदार्थ उपलब्ध नगराउँदा आयोजना समयमा सक्न कठिन भएको छ । हालकै अवस्था रहे आयोजनाको ९७ किलोमिटर सडक कालोपत्रे गरिसक्न थप दुई वर्ष लाग्ने निर्माण कम्पनी सिआरएफजी–तुङ्दी जेभीका नेपाल प्रतिनिधि भक्त लामाले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय गौरवको आयोजनाका लागि नदीजन्य पदार्थ उपभोग गर्न स्थानीय सरकारले रोकटोक गर्न पाउँदैन तर स्थानीय तहले विभिन्न बहाना बनाएर ढुङ्गा, गिट्टी, बालुवा उपलब्ध गराएका छैनन् । जति उपलब्ध गराएका छन् । त्यो आवश्यकताभन्दा अत्यन्तै कम छ । लामाले कालोपत्रे गर्नका लागि तीन लाख घनमिटर गिट्टी तत्काल आवश्यक परेको बताउनुभयो । उहाँका अनुसार कालोपत्रे गर्न चिसाङ खोलाको गिट्टी सबैभन्दा राम्रो मानिन्छ । आयोजनाको निर्माण कम्पनीले गाउँ, नगरपालिकामा पैसा जम्मा गरेर सिधँ नदीजन्य पदार्थ निकाल्न पाउनुपर्ने लामाको भनाइ छ । हामीले निःशुल्क मागेका होइनौँ । सरकारी मूल्य तिर्न तयार छौँ । अग्रिम भुक्तानी दिन पनि तयार छौँ तर राष्ट्रिय गौरवको आयोजना भएकोले काम रोकिने अवस्था आउनु भएन । लामाले पश्चिम खण्डको सडक निर्माणका लागि नदीजन्य पदार्थ जति प्राप्त हुन्छ । त्यसको आधा मात्र प्रयोगमा आउने बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग विस्तार आयोजना इटहरी खण्डका प्रमुख जगत प्रजापतिले आयोजना सम्पन्न गर्न कुल २० लाख घनमिटर माटो, बालुवा, गिट्टी र ढुङ्गा आवश्यक पर्ने बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा पूर्वको मेचीखोलादेखि सुनसरीको सर्दुखोलाको बालुवा, गिट्टी, ढुङ्गा प्रयोग गर्न सकिने उल्लेख छ तर नगरपालिका र गाउँपालिकाले सिधँ खरिद गर्न नदिँदा आयोजना समयमा सम्पन्न गर्न सकस परिरहेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।
व्रmसर व्यवसायीले पछिल्लो तीन वर्ष पूर्वपश्चिम राजमार्गलाई आवश्यक पर्छ भन्दै करोडौँ मूल्यको नदीजन्य पदार्थ भण्डारण गरेका छन् । राष्ट्रिय गौरवको आयोजनालाई बिव्रmी गर्न बसेका व्रmसर व्यवसायी भने पालिकाले अमानतमा नदीजन्य पदार्थ बिव्रmी गर्न नपाउनुपर्ने बताउँदै आएका छन् । उर्लाबारीको पूर्वेली व्रmसरका व्यवस्थापक ध्रुव पराजुलीले भन्नुभयो, “हामीले करोडौँ लगानी गरेर ढुङ्गा, गिट्टी भण्डार गरेका छौँ । राजमार्ग निर्माण गर्ने कम्पनी किन्न आए हामी नदीजन्य पदार्थ उपलब्ध गराउन सक्छौँ । उर्लाबारीमा मात्र पुर्बेली, सिद्धार्थ, पञ्चेश्वर व्रmसर छन् । यस्तै लेटाङमा ओम, महाभारत र चिसाङ व्रmसर छन् । बेलबारीमा कान्तिपुर, एमआई, सूर्य र इस्ट्रन व्रmसर छन् । पश्चिम खण्डमा पर्ने व्रmसर उद्योगले रतुवा, मावा, तेली, मोरङ्गी, चिसाङ, लोहोन्द्रा, गछिया, खदम र बुढीखोलाबाट डाँक बढाबढमार्फत नदीजन्य पदार्थ खरिद गर्दै आएका छन् ।
उर्लाबारी–१ को सिद्धार्थ एग्रिकेटका अध्यक्ष सचिन शाक्यले राष्ट्रिय गौरवको आयोजनाको बहानामा सबै खोलाको नदीजन्य पदार्थ निर्माण कम्पनीलाई दिने हो भने स्थानीय योजना सधै महँगो सामग्री किन्न बाध्य हुने बताउनुभयो । प्रदेश र स्थानीय सरकारका योजना पनि सञ्चालन गर्नु पर्छ । उहाँले हरेक विकास निर्माणलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । हामीले बर्सौंदेखि नदीजन्य पदार्थको खरिद बिव्रmी गरिरहेका छौँ । अहिले राष्ट्रिय गौरवको आयोजना सञ्चालन हुँदा उहाँहरू हामीसँग खरिद नगरिकन सिधँ पालिकासँग मागिरहनु भएको छ । पूर्वपश्चिम राजमार्ग निर्माण हुन्छ र बिव्रmी गर्ने भनेर राखेको सामग्री हामीसँग पर्याप्त छ । उहाँहरूले कुनै पनि बहानामा सिधै खोला उत्खनन गर्न पाउनु हुन्न ।”
तर सिआरएफजी–तुङ्दी जेभीका नेपाल प्रतिनिधि भक्त लामा सडक विस्तार गर्दा दुवैतर्फ वाल लगाएर त्यसमा बालुवा, गिट्टी भर्न ठुलो परिमाणमा नदीजन्य पदार्थ आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग सिधै माग गरिएको बताउनुहुन्छ । खोलाको गिट्टी, बालुवा नपाइने किसानले आफ्नो डाँडो जग्गा काटेर लैजा भनेका छन् । त्यसमा पनि स्थानीय सरकारले भूक्षय हुन्छ भन्दै रोक्ने गरेको बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गको पश्चिम खण्डभित्र रतुवा, मावा, बव्रmाहा, सुनझोडा, डाँस, चिसाङ, लोहोन्द्रा, गछिया र बुढीखोला पर्छन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा यिनै खोलाबाट नदीजन्य पदार्थ उपलब्ध गराउनुपर्ने उल्लेख थियो ।