• २८ कात्तिक २०८२, शुक्रबार

काँक्रेबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

blog

काँक्रेबिहार क्लबका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, कात्तिक २८ गते । सुर्खेतको काँक्रेबिहार क्लब कर्णाली प्रदेशबाट राष्ट्रिय फुटबल लिगमा छनोट हुने इतिहासकै पहिलो टोली बनेको छ ।

हेटौँडामा जारी छनोटअन्तर्गत शुक्रबार भएको खेलमा काँक्रेबिहारले गाईघाटमाथि ५–३ को सानदार जित निकाल्यो । काँक्रेबिहारको जितमा अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गर्नुभयो । कप्तान आशिष चापागाई र गणेश पुलामीमगरले एक एक गोल थप्नुभयो ।

गाईघाटका दीवश श्रेष्ठ र प्रवीन राईको गोल सान्त्वना बन्यो । अब सेमिफाइनलमा नव जनजागृतिले समूह ‘ए’ को उपविजेता चित्लाङसँग र काँक्रेबिहारले लालिगुँराससँग खेल्नेछ । दुबै सेमिफाइनल आइतबार हुनेछ।

छनोट खेलमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनल पुग्ने टोली स्वत राष्ट्रिय लिगमा छनोट हुनेछन् ।