शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा (कपिलबस्तु), कात्तिक २८ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ६ सेमरीमा भर अगाडिको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहले मृत्यु हुनेमा सेमरीका अनोहर हुसेनका एक वर्ष ३ महिनाको आकिब मुसलमान रहेको बताउनुभयो ।
डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक सिंहको भनाई छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कपिलबस्तु नगरपालिका वडा नं. ६ को सेमरी, बेलासपुर, थुम्हवा, रुधौला लगायतको गाँउमा बाटोको किनारमा निर्माण गरिएको नालीमा ढक्कन लगाइएको छैन ।