राधा लुइटेल
फिदिम, कात्तिक २८ गते । पाँचथरको फिदिम १२ नांगीनका रिञ्जी शेर्पाको घरमा बिहीबार राति आगलागी भएको छ ।
ढुङ्गा माटोले बनेको टिनको छानो भएको एक तले जल्दा भित्र रहेका लत्ताकपडा, अन्नपात र भाँडा वर्तनसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
घरधनी रिञ्जी शेर्पाको परिवार सदरमुकाम फिदिम बस्दै आएपनि सो घरमा स्थानीय माया शेर्पाले पसल गर्दै आउनुभएको थियो । आगोले जल्दा करिब १५ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटना लगत्यै खटेका प्रहरी र स्थानीयले बिहान साढे चारबजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन ।
विद्युत सर्ट भएर घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।