• २८ कात्तिक २०८२, शुक्रबार

सभामुख घिमिरेद्वारा झापामा क्षतिग्रस्त भवन र सरकारी कार्यालयको अवलोकन

blog

बिष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २८ गते । सभामुख देवराज घिमिरेले जेनजीको आन्दोलनको क्रममा झापामा भएको क्षतिग्रस्त भवन तथा सरकारी कार्यालयहरुको बिहीबार र शुक्रबार स्थलगत अवलोकन गर्नुभएको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमणि, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रको जिल्ला कार्यालय तथा यातायात कार्यालयको उहाँले अवलोकन गर्नुभएको हो ।

गृह जिल्ला झापा आउनुभएका सभामुख घिमिरेले जेनजी आन्दोलनको क्रममा उठेका मागहरु सम्बोधन गर्नका लागि संसद पुर्नस्थापना नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभएको छ ।

छिटोभन्दा छिटो प्रतिनिधिसभा पुनस्र्थापना गरेर संवैधानिक प्रक्रियामा मूलकलाई लैजानु नै हितकर हुन्छ, उहाँले भन्नुभयो । संसद् पुनस्र्थापना मुद्दालाई सर्वोच्च अदालतले शीघ्र सुनुवाइमा लैजानुपर्ने र मूलकलाई निकास दिनु पर्नेमा जोड दिनुभयो । 

जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएपछि मुलुक गम्भीर संकटतिर धकेलिएको छ, उहाँको भनाई छ । संसद् पुनस्र्थापना गरेर अहिलेका समस्या सम्बोधन गर्न सकिने उहाँको भनाई थियो ।