काठमाडौँ, कात्तिक २८ गते । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।
दि गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो ।
सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० गोलले हरायो ।
त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बन्नुभयो । मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पयो ।
दुई दिने प्रतियोगितामा उपत्यकाका २० स्कुलको सहभागिता थियो । विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताका संयोजक मनोज वैश्यले प्रतियोगिमा सहभागि टोली देखि प्रतियोगिताला सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।