सिओल, कात्तिक २८ गते । दक्षिण कोरियामा अक्टोबरमा निर्यातमा गिरावट आएको छ । केन्द्रीय बैङ्कका तथ्याङ्कअनुसार, स्थानीयरूपमा बनाइएका रासायनिक उत्पादन र उपकरणको कमजोर माग यस घटावटको मुख्य कारण हो ।
बैङ्क अफ कोरियाका अनुसार, निर्यात मात्रा सूचकाङ्क वार्षिक आधारमा १ प्रतिशतले घटेको छ, जुन जनवरीपछि नौ महिनामा पहिलो पटक देखिएको गिरावट हो । कम्प्युटर, इलेक्ट्रोनिक र अप्टिकल उपकरणको निर्यात भने ६.३ प्रतिशतले बढेको छ, जसमा कृत्रिम बुद्धिमत्ता चिपसेटका लागि प्रयोग हुने सेमिकन्डक्टरको उच्च मागले योगदान दिएको छ ।
यसैबिच, रासायनिक उत्पादनको निर्यातले एक अङ्कको गिरावट देखाएको छ भने मेशिनरी र उपकरणको निर्यात दुई अङ्कको दरले घटेको छ । निर्यात मूल्य सूचकाङ्क ०.५ प्रतिशतले घटेको छ भने आयात मात्रा सूचकाङ्क १ प्रतिशतले बढेको छ, तर आयात मूल्य सूचकांक २.४ प्रतिशतले घटेको छ । यसबाट वस्तुको शुद्ध व्यापार सर्त सूचकाङ्क वार्षिक आधारमा ३.९ प्रतिशतले बढेको छ, जसको मुख्य कारण आयात मूल्यमा आएको गिरावट हो । रासस/सिन्ह्वा