• २८ कात्तिक २०८२, शुक्रबार

दक्षिण कोरिया र अमेरिका सैन्य तयारी बढाउन संयुक्त अभ्यासमा

blog

सियोल, कात्तिक २८ गते । दक्षिण कोरियाली र अमेरिकी सेनाहरूले यस हप्ता पूर्वी सागरमा संयुक्त सैन्य अभ्यास गरेमा छन् । जसमा अमेरिकी आणविक-संचालित विमान वाहक समावेश रहेको तथा अभ्यास दुई देशको संयुक्त सुरक्षा संयन्त्र बलियो बनाउने उद्देश्यले गरिएको दक्षिण कोरियाको सेनाले शुक्रबार बताएको छ ।  

योन्हाप समाचार एजेन्सीका अनुसार चार दिने यो मङ्गलबार देखि शुक्रबारसम्म सञ्चालीत अभ्यासमा दुवै देशबाट एक दर्जन भन्दा बढी लडाँकु र समुद्री गस्ती विमान परिचालन गरिएको थियो । यसै गरी दक्षिण कोरिया तर्फका दुई वटा सुसज्जित लडाकु विमान समावेश थिए । अमेरिकी पक्षबाट, युएसएस जर्ज वासिङ्टन विमान वाहकले युएसएस रोबर्ट स्मल्स निर्देशित मिसाइल क्रूजर र युएसएस मिलियस र युएसएस शुप एजिसले सुसज्जित विमान समावेश थिए ।

प्रशिक्षण उत्तर कोरियाविरुद्ध प्रतिरोधलाई बलियो बनाउनका साथै दक्षिण कोरिया-अमेरिका गठबन्धन र दक्षिण कोरिया-अमेरिकी नौसेनाको अन्तरक्रियालाई सुदृढ बनाउनु भएको दक्षिण कोरियाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । अभ्यासको क्रममा, सहभागी सेनाहरूले एन्टि-सबमरीन वारफेयर, एयर डिफेन्स अपरेसन, र समुद्री रसदसहितका समुद्री अभ्यास सञ्चालन गरेको सेनाले बताएको छ । रासस/क्यूएनए