काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ।
विघटित प्रतिनिधिसभाको रास्वपाकातर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहनुभएका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाउनुभएको हो ।
“बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु”, उहाँले राजीनामा पत्रमा भन्नुभएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडनु भएको जानकारी दिँदै उहाँको आगामी यात्राका लागि शुभकामना दिनुभएको छ । यसअघि रास्वपाकातर्फबाट शिक्षामन्त्री बन्नुभएका सुमना श्रेष्ठले पनि पार्टी परित्याग गर्नुभएको थियो । रासस