• २८ कात्तिक २०८२, शुक्रबार

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु, २१ बेपत्ता

blog

सिलाकाप (इन्डोनेसिया), कात्तिक २८ गते । इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् । मध्य जाभाको सिलाकाप जिल्लाका तीन वटा गाउँमा बिहीबार गएको पहिरोले कैयौँ घर पुरिएको तथा र क्षतिग्रस्त भएको जनाइएको छ ।

“शुक्रबारसम्म संयुक्त उद्धार टोलीले २३ जनालाई जीवित उद्धार गरेको , दुई जनाको शव बरामद गरेको तथा अन्य २१ जना बेपत्ताको खोजी जारी रहेको राष्ट्रिय विपद् एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्तिमार्फत जनाउनुभएको छ । बेपत्ता तथा पीडितको खोजी गर्न निरन्तर रुपमा खोजी तथा उद्धार अभियान चलिरहेको मुहारीले बताउनुभएको छ । कठिन भूभागका कारण उद्धार तथा राहत कार्यमा बाधा  भएको उल्लेख गर्दै तत्काल सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको उहाँले जनाउनुभएको छ ।

यस हप्ताको सुरुमा मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीले चरम मौसमी चेतावनी जारी गर्दै हाइड्रोमेटियोलोजिकल प्रकोप र इन्डोनेसियाका धेरै क्षेत्रमा आउँदो हप्तामा उच्च वर्षा हुन सक्ने जनाइएको थियो । यस अघि नोभेम्बरमा पपुवा नामक क्षेत्रमा आकस्मिक बाढी र पहिरो आउँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने थप आठ जना बेपत्ता भएका थिए । रासस/एएफपी