• २८ कात्तिक २०८२, शुक्रबार

भारतको पुणेमा दुर्घटना : आठकाे मृत्यु, १३ जना घाइते

blog

दुर्घटनामा परेकाे सवारीसाधन । तस्बिर : भारतीय सञ्चारमाध्यम ।

नयाँ दिल्ली, कात्तिक २८ गते । भारतको पुणे सहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै सडक दुर्घटना भएको छ । ब्रेक फेल भएको एक ट्रकले १३ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरे अनुसार, प्रहरी नायब उपरिक्षक कदमका अनुसार साँझ ५ः४५ फलाम बोकेको ट्रक मुम्बईतर्फ गइरहेको थियाे । "भूमकर पुल नजिकै 'सेल्फी पोइन्ट' पुग्ने बित्तिकै ट्रक चालकले नियन्त्रण गुमाए र ट्रक धेरै सवारी साधनहरूसँग ठोक्कियो", कदमले भन्नुभयाे,“दुर्घटनामा दुई ट्रक, कार, एउटा मिनीबस र दुई पाङ्ग्रे सवारी साधनसहित जम्मा १३ वटा सवारी साधन क्षतिग्रस्त भएका छन्।"

यसैगरी, मृत्यु हुनेहरूमा ट्रक चालकसहित आठ जना रहेकाे पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । यस्तै, प्रहरीका अनुसार यो दुर्घटना पुणे नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो। दुर्घटनामा घाइते भएकालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।