• २८ कात्तिक २०८२, शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अनुदानमा गहुँको उन्नत बीउ वितरण

blog

लक्ष्मी तिमिल्सेना

जमुनाह, कात्तिक २८ गते । नेपालगञ्ज उप–महानगरपालिकाले अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका कृषि शाखामार्फत खाद्यान्न बाली गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण कार्यक्रम अन्तर्गत विजय र बाणगङ्गा जातको उन्नत बीउ वितरण गरिएको हो । 

नेपालगञ्ज उप– महानगरपालिकाभित्रका आम किसानलाई लक्षित गरी वितरण गर्नु पूर्व बीउ माग सङ्कलनका लागि ७ दिने सूचना प्रकाशन गरिएको थियो । उक्त समयभित्र माग गर्न आएका किसानहरुलाई बीउ वितरण गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक भुवनप्रसाद पन्तले बताउनुभयो ।

कृषक, सहकारी र वडा कार्यालयसमेत गरी १ सय ७७ जनालाई ११ हजार ७ सय ९० किलोग्राम उन्नत जातको गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका रिजालले जानकारी दिनुभयो ।