भारदह समाचारदाता
भारदह (सप्तरी), कात्तिक २८ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीमा तीन हप्ताअघि सुरु भएको हैजाको सङ्व्रmमण अहिलेसम्म नियन्त्रणमा आएको छैन । हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जना हैजा सङ्व्रmमितको उपचार भइरहेको छ भने झाडापखाला लागेका पाँच जना बिरामीको होम आइसोलेसनमा उपचार भइरहेको छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा
प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “२४ घण्टाभित्र सात जना बिरामी भेटिएका छन् । उनीहरूको उपचार भइरहेको छ ।” उहाँले हैजा सङ्व्रmमित तथा झाडापखालाबाट प्रभावित अहिलेसम्म ७७ जना बिरामीको उपचार भएर निको भइसकेको उहाँले बताउनुभयो ।
तीन वटा मात्र चापाकल भएको मुसहर बस्तीमा झाडापखाला हैजा फैलिएपछि स्थानीय पालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी सात वटा पानीको परीक्षण गराउँदा भलुवाहीखोलाको पानी र पोखरीको पानीमा हैजाको जीवाणु भेटिएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पहिलेको तुलनामा हैजा र झाडापखाला न्यूनीकरण भएको छ । स्वास्थ्यकर्मीहरू बस्तीको घर घर पुगेर निरन्तर उपचार गर्ने र जनचेतना फैलाउने काम भएको बताउनुभयो ।
९० परिवार भएको शौचालयविहीन बस्तीमा हैजा नियन्त्रणका लागि अस्थायी शौचालयको व्यवस्था मिलाइएको स्थानीयको भनाइ छ ।