• २८ कात्तिक २०८२, शुक्रबार

अघि बढ्यो टक्सार संरक्षण योजना

blog

पुरातìव विभागको प्राविधिकसहितको टोली टक्सार घर र टक्सार मेसिन निरीक्षण गर्दै ।तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी  

धनकुटा, कात्तिक २८ गते । धनकुटामा ऐतिहासिक तथा पुराताìिवक संरचनाका रूपमा रहेको टक्सारको संरक्षण थालिएको छ । पुरातìव विभागले आर्थिक वर्ष २०८२÷८३ को धनकुटामा रहेको टक्सारका लागि विनियोजन गरेको बजेटबाट संरक्षण कार्य थालेको हो ।  

यस व्रmममा पुरातìव विभागले चालु आवको कार्यव्रmममा पुराताìिवक संरक्षण आयोजनामा समावेश भएका कार्यव्रmमको पुराताìिवक लगत फर्म र लगत इस्टिमेट तयारीका लागि धनकुटास्थित भीमदल गणपरिसरमा रहेको (पानढिकी) टक्सार घर बिहीबार निरीक्षण तथा अनुगमन गरिएको छ ।

 विभागका पुरातìव अधिकृत एवं विभागका विश्व सम्पदा शाखा प्रमुख सन्दीप खनालको नेतृत्वमा रहेको विज्ञ तथा प्राविधिकसहितको टोलीले टक्सारको अनुगमन र निरीक्षण गरेको हो । टोलीमा टक्सार भवन परियोजनाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधान, पुरातìव विभागका इन्जिनियर निमादेवसहितका प्राविधिक रहनुभएको छ । 

पुरातìव अधिकृत खनालका अनुसार यस आवमा विनियोजित बजेटले टक्सार घर संरक्षणका लागि काम थालनी हुने छ । प्राविधिकसहितको टोली, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद खड्का, धनकुटा नगरपालिकाका उपमेयर भीमा अधिकारीलगायतले यस आवको विनियोजित बजेटबाट जीर्णोद्धारको काम गर्ने, टक्सारलाई सङ्ग्रहालयमा विस्तार, सर्वसाधारणको पहुँचका लागि पहँुचमार्ग निर्माण गर्न धनकुटा नगरपालिकालाई डिपिआर तयार गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

अहिले धनकुटा सदरमुकामको सल्लेरीमा रहेको ऐतिहासिक टक्सार घर सर्वसाधारणका लागि खुला गर्न गृहकार्य भइरहेको छ । टक्सार खुलाउन सके गुमेको धनकुटाको सान फर्काउन सकिने आसमा छन् धनकुटेली जनता । राणाकालीन तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.सं. १९८७ सालदेखि १९८९ सालमा सञ्चालनमा ल्याइएको पानीबाट चल्ने टक्सारमा दुई र पाँच पैसाको मोहर काटिन्थ्यो । सो टक्सार घर हाल सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणमा रहेको छ । 

पछिल्लो समय सो टक्सार घरसम्म पुग्न पर्यटक र अध्येताका लागि खुला गर्नुपर्ने माग बढिरहेको छ । सुरक्षा संवेदनशीलताका कारण पानढिकी टक्सार घरसम्म सर्वसाधारणलाई निषेध छ । सो टक्सार घर संरक्षण र जिर्णोद्धारका लागि पुरातìव विभागबाट चालु आवका लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गरी काम थालिएकोे छ । 

टक्सार घर संरक्षणका व्रmममा पहिलो चरणमा चर्केका भित्ता र छानाको मर्मत गर्ने विषयमा छलफल भएको छ । नेपाली सेनाको भीमदल गणका गणपति प्रमुख सेनानी गणेश थापाले टक्सार घर मर्मतका लागि सेनाले सहजीकरण गर्ने जानकारी दिनुभयो । 

पुरातìव विभागले मोरङ रतुवामाई नगरपालिका–६ मा अवस्थित ओमकारेश्वर मन्दिरपरिसरमा रहेको पोखरीको संरक्षणका लागि प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ । धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक एवं पुराताìिवक दृष्टिकोणले अत्यन्त महìवपूर्ण पिण्डेश्वर मूल मन्दिरको चौघेरा सत्तलको संरक्षण सुरु हुने छ । 

मन्दिरपरिसरमा बनेका नवनिर्मित संरचनाले मन्दिरको परम्परागत वास्तु शैली, मौलिक स्वरूप क्षय हुँदै गरेकोमा यसको पहिचान कायम राख्न स्थानीय निकाय एवं सरोकारवाला सबैले तत्काल ध्यान दिनुपर्ने देखिन्छ । तत्कालीन प्रधानमन्त्री राजेन्द्रविव्रmम शाह र भीमसेन थापाले १८८५ र १९०९ सालमा जङ्गबहादुर राणाबाट मन्दिरमा चढाएका घन्ट जीर्ण अवस्थामा रहेको देखिन्छ ।