दोलखा समाचारदाता
दोलखा, कात्तिक २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्णय गरिएसँगै काम हुनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार सदरमुकाम चरीकोटमा भीमेश्वर नगरपालिकाले आयोजना गरेको स्थानीय सरकार असल अभ्यास आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले काम नमिल्दा गलत हुन जाने र दाग लाग्ने हुँदा निर्णय र काम सँगसँगै हुनुपर्नेमा जोड दिनुभएको छ । “लोकतन्त्रको आधारशिला भनेको गरिबको पक्षमा काम हुनु, गरिबीलाई घटाउनु हो,” उहाँले भन्नुभयो, “जनप्रतिनिधिले नाफा नोक्सान खोज्ने होइन, सेवा दिनु पर्छ । व्यापारीले मात्र नाफा नोक्सान खोज्ने हो । कर्ममा आधारित भएर काम गर्नु पर्छ । शैली र व्यवहार मिलेमा समाज सुधार्न सकिन्छ ।”
“राजनीतिमा कि न्याय हुन्छ, कि अन्याय हुन्छ । लोकतन्त्रमा जनता सर्वेसर्वा हुन्छन्,” जनताको प्रतिनिधि भएको सरकारले जनअपेक्षा अनुसारको काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनप्रतिनिधिले राजामहाराजा जस्तो बन्नु हुँदैन, लोकतन्त्रमा गरिबलाई धनी बनाउने कार्यमा सरकार लाग्नुपर्ने उहाँको भनाइ थियो । तराईको अनुभव पहाडले, पहाडको अनुभव तराईले साटासाट गरी सुशासन र पारदर्शितालाई नभुली काम गर्न उहाँले अनुरोध गर्नुभयो ।
जनअपेक्षाविपरीत काम भएमा राजनीतिमा आँच आउने र जनविश्वास हराउने उहाँको भनाइ छ । जनताको सेवक भएर काम गर्दा सबैका लागि हित हुने उहाँले बताउनुभयो । कामकाजमा आएका बाधा व्यवधानलाई हटाएर काम गर्न सजिलो बनाउन प्रदेश सरकार सधैँ तयार रहेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले हजारौँ वर्षदेखिको दोलखाको धार्मिक तथा ऐतिहासिक महìवलाई उजागर गरी उन्नत दोलखा बनाउन कार्यव्रmमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
भीमेश्वर नगरका प्रमुख ईश्वरनारायण मानन्धरको सभापतित्वमा भएको कार्यव्रmममा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुङ्गबहादुर गुरुङ, जिल्ला समन्वय समिति दोलाखाका प्रमुख बर्जुराम घतानी, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, अस्टे«लियाका विकास प्रमुख डायलेन जोन्स वर्मालगायतले कार्यव्रmममा शुभकाना व्यक्त गर्नुभएको थियो ।