शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २८ गते । सरित राईको सङ्गीतमा ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक भएको छ । लोक फ्युजन शैलीको गीतमा मिलन विश्वकर्मा, सलिना बिके र आशिष महरले आवाज दिनुभएको छ ।
तीन जनाको सामूहिक स्वरमा सजिएको गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ । गीत शैलेश गिरीले रचना गर्नुभएको हो ।
सङ्गीतमा नेपालको अग्रणी संस्था म्युजिक नेपालले आइडलको सिजन–६ का प्रतिभालाई अवसर दिने सम्झौता अनुरूप गीत सिर्जना गरिएको हो । ध्वनि डिजाइन, मिक्सिङ र मास्टरिङ मुम्बईमा काम गर्दै आएका इन्जिनियर आर्यमान सार्कीले गर्नुभएको हो । गीतमा बाँसुरी तन्मय मणि (पश्चिम बङ्गाल), सितार शुभङ्कर हजारिका (असम) र गितार एलुहिन इयाजको रहेको छ ।