• २८ कात्तिक २०८२, शुक्रबार

ढुङ्गा र माटोले छापेको बाँडपल माडु

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक २८ गते । ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलका रूपमा परिचित बाँडपल माडु (मन्दिर) को पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सिमकोट गाउँपालिका–५ का स्थानीयले विशेष देवताका रूपमा मान्दै आएको बाँडपल माडुको जीर्ण र परम्परागत भवन पुनर्निर्माण गरिएको हो । 

प्रख्यात देवताका रूपमा चिनिँदै आएको बाँडपल माडु पुनर्निर्माण कार्य सम्पन्न भएको झाँक्री तुलसिंह रावतले बताउनुभयो । धेरैअगाडि ढुङ्गा र माटोले छापेको माडुलाई ३० वर्षअगाडि जस्तापाताले छापेको भए पनि जीर्ण अवस्थामा पुगेकाले यसको पुनर्निर्माणका लागि आवाज उठाइरहेका बेला यो काम पूरा भएको उहाँले बताउनुभयो । सिमकोट खार्पु (मानसरोवर कैलाश प्रवेशद्वार) एकीकृत पूर्वाधार विकास कार्यक्रमबाट निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताउनुभयो । 

यहाँ एउटा हलमा धामी नाच्ने स्थान निर्माण गरिएको छ भने र अर्को पुजारी बस्ने, पूजा गर्ने र महत्वपूर्ण मूर्तिहरू राख्ने घर निर्माण गरिएको छ । त्योसँगै माडुको अगाडि धामीहरू नाच्ने स्थान पनि निर्माण गरिएको छ । माडुमा जनैपूर्णिमा धुमधामसाथ मनाइने गरिन्छ भने अन्य तीन वटा पूर्णिमामा पनि धामी नाच्ने, पूजाआजा गर्ने गरिन्छ ।