अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २८ गते । अर्जुनचौपारी गाउँपालिका– ३ ले टोल–टोलमै पुगेर स्थानीयलाई सेवा प्रवाह गरेको छ । वडाले ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरी सेवाग्राहीको घरदैलोमै सरकारी सेवा उपलब्ध गराएको हो ।
वडा कार्यालयबाट दुर्गममा रहेको आग्रीखर्कमा पुगेर ‘घुम्ती सेवा शिविर’ मार्फत स्थानीयलाई सेवा दिएको हो ।
शिविर मार्फत तीनजनाको जन्मदर्ता, एकजनाको विवाह दर्ता गरिएको र एक/एक वटा नयाँ नागरिकता र नागरिकता प्रतिलिपी सिफारिस गरिएको वडा अध्यक्ष सोभाकान्त काफ्लेले जानकारी दिनुभयो ।
यस्तै, तीन वटा तिरो तिरिएको र दुईवटा अन्य सिफारिस सेवा पनि प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । कार्यालयले वडामा काम भइरहेका तीनवटा योजनाका अनुगमन समेत गरेको हो ।
वडाले घुम्ती शिविरमार्फत टोलटोलका नागरिकलाई सेवा प्रवाह गरेसँगै स्थाीनयले सङ्घीयतको प्रत्याभूति गरेका छन् ।
साविकको रापाकोट ३, ५, ६, ७ र ८ वडाबाट बनेको यो वडा पालिकाको लम्बाइको हिसाबले सबैभन्दा लामो वडा समेत भएका बताउदै अध्यक्ष काफ्लेले अब नागरिकलाई कार्यालय धाउनु नपर्ने र सबै टोलमा पुगेर सेवा दिने बताउनुभयो ।