• २६ कात्तिक २०८२, बुधबार

देशभरको मौसम सफा रहने पूर्वानुमान

blog

काठमाडौँ, कात्तिक २६ गते । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ । रासस