• २४ कात्तिक २०८२, सोमबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, कात्तिक २४ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७३ पैसा र बिक्रीदर १६४ रुपियाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ३१ पैसा र बिक्रीदर १८७ रुपियाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ८२ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९३ पैसा र बिक्रीदर ९२ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७७ पैसा र बिक्रीदर १०१ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७८ पैसा र बिक्रीदर १०९ रुपियाँ २४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २३ पैसा र बिक्रीदर नौ रुपियाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८७ पैसा र बिक्रीदर १९ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८४  पैसा र बिक्रीदर ३९ रुपियाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ९० पैसा र बिक्रीदर ३४ रुपियाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७२ पैसा र बिक्रीदर नौ रुपियाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८५ पैसा र बिक्रीदर १४ रुपियाँ ९२ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९२ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ १४ पैसा र बिक्रीदर ४६३ रुपियाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपियाँ २३  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस