शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोकुल भुजेल
भोजपुर, कात्तिक २३ गते । भोजपुरको अरुण गाउँपालिका –४ चरम्बीस्थित रणबहादुर भुजेलको घरमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।
आगलागीबाट ३ तले घर, काठका सामग्री, २ वटा मोटरसाइकल, मकै लगायत करिब १७ लाख बराबरको क्षति भएको अस्थायी प्रहरी चौकी चरम्बी प्रहरी सहायक निरीक्षक ओम थापाले जानकारी दिनुभयो ।
आइतबार बिहान राति साढे २ बजे घरमा सुतेको अवस्थामा आगजनी भएपछि स्थानीयले होहल्ला गरेपश्चात् घर परिवारका सदस्य, स्थानीय, प्रहरीलगायतले आगो निभाएका थिए ।
आगजनी नयाँ घरमा भएको थियो भने घर परिवारका सदस्य पुरानो घरमा बस्दैआएका छन् । घटनाको बारेमा अनुसन्धान जारी रहेको असई थापाले जानकारी दिनुभयो ।