शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २३ गते । नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार आइतबार दिउँसो आगलागी भएको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय विजय पाख्रिन घाइते हुनुभएको हो ।
उहाँहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उहाँका अनुसार उपचारमध्ये राजकुमार स्याङ्तानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको स्वास्थ्य सामान्य छ ।
प्रवक्ता भट्टराईले भन्नुभयो, “नक्सालको भाटभटेनी आगलागीका भएको थियो । त्यो भाटभटेनी भत्काउने क्रममा उहाँहरु पुरिनुभएको हो ।”
उहाँका अनुसार आइतबार दिउँसो साढे ३ बजे यो दुर्घटना भएको हो ।