गोकर्ण दयाल
बैतडी, कात्तिक १४ गते । क्यान्सर रोगसँग लड्न प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन निस्कने लौठसल्लाको संरक्षण गरिएको छ । लौठसल्ला मासिन थालेपछि वनस्पति विभाग र जिल्ला वन कार्यालय बैतडीले १३९ बोट वरिपरि काँडेतारको बार लगाएर संरक्षण गरेको हो । विश्वमै निकै महँगो औषधीका रूपमा प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन लौठसल्ला प्रशोधन गरेर निकाल्न सकिने बताइएको छ । पछिल्लो समय डोजरले जथाभाबी सडक निर्माण गर्दा यो प्रजाति सङ्कटमा पर्न थालेको छ ।
लौठसल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर निको पार्ने औषधी बन्ने गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताउनुभयो ।
बैतडीको ग्वाल्लेक र सिगास संरक्षित वनमा पाइने लौठसल्लाबाट क्यान्सर रोगविरुद्ध लड्ने रासायनिक तìवका लागि महìवपूर्ण भएकाले बिरुवा संरक्षण गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो ।
स्थानीय तहले जथाभाबी सडक खन्दा वन क्षेत्र मासिन थालेपछि पुरचौडी नगरपालिका–६, ढोल्यामोडमा रहेको वसन्त हरियाली वनमा रहेको लौठसल्ला रहेको चार हेक्टर वन क्षेत्रमा तारबार लगाएर संरक्षण गरिएको उहाँले बताउनुभयो ।
ढोल्यामोडमा ८८ वटा पोलमा काँडेतार लगाएर ८० वटा लाथ्रा र ५९ वटा लौठसल्लाका बिरुवा जोगाइएका छन् । बैतडीको सिगास संरक्षित वन, ग्वाल्लेक संरक्षित वन, सुर्नया गाउँपालिकाका केही स्थानमा लौठसल्ला रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।
सुदूरपश्चिमका सात जिल्लामै लौठसल्ला
वनस्पति अनुसन्धान केन्द्र कैलालीले लौठसल्लाबारे अनुसन्धान गर्दा प्रदेशका कैलाली र कञ्चनपुरबाहेक पहाडका सात वटै जिल्लामा लौठसल्ला फेला पारेको छ ।
वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत भट्टका अनुसार बैतडीको ग्वाल्लेक, सिगास, रौलाकेदार, श्रीभावर, ढोल्यामोड, दार्चुलाको सितोला, बाजुराको शुर्मासरोवर र काणेँ, डडेलधुरको कफालीडाँडा, डोटीको सालिङडाँडा र खप्पड क्षेत्रमा लौठसल्ला रहेको छ ।
वैज्ञानिक भट्टले लौठसल्लाबाट ‘ट्याक्सोल’ नामको रसायन निकाल्न नेपालमै कच्चा पदार्थ (१० डिएबी) तयार गरेर क्यान्सरविरुद्धको किमो तयार गर्न विदेश पठाइने गरेको बताउनुभयो ।
 
                                
                             
                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                