शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                चितवन,कात्तिक १४ गते । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उहाँले बताउनुभयो । रासस
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                