• १३ कात्तिक २०८२, बिहिबार

भान्सा घरमा आगलागी हुँदा लाखौं क्षति

blog

आगलागीबाट नष्ट भएको बलबहादुर विकको भान्साघर । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १३ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रुपियाँ मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका बलबहादुर विकको भान्सा घरमा बुधबार आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

स्थानीय शिक्षक निमा लामाका अनुसार विकको काठ र जस्ताको प्रयोग गरी निर्माण गरिएको भान्साघर आलगागीले पूर्णरुपमा क्षति भएको छ । सो आगलागीबाट करिब तीन लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको शिक्षक लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट भान्सा घरसहित घरभित्र रहेको भाँडा वर्तन, खाद्यान्नलगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । आगलागीकाे कारण नखुले पनि चुल्होमा बालिएको आगोबाट भान्साघरमा आगलागी भएको हुनसक्ने स्थानीय अनुमान गरेका छन् ।