• १० कात्तिक २०८२, सोमबार

करेन्ट लागेर युवकको मृत्यु

blog

नौरते नेपाली

सिँजा (जुम्ला), कात्तिक १० गते । जुम्लाको पातारासी गाउँपालिका–५, लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१, आचार्यबाडा घरभई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आउनु भएका ३१ वर्षीय अर्जुन महताराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिनबाबु रेग्मीले बताउनुभयो । 

उहाँका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सिसिटिभी क्यामरा जडान गर्ने क्रममा महतारालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनु भएका उहाँलाई उहाँका मित नाता पर्ने गणेश बुढाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनु भएको थियो । प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गर्नु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।