शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १० गते । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली आर्सनलले क्रिस्टल प्यालेसमाथि कठिन जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो । आर्सनलको जितमा एबेरेची एजेले ३९औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै नौ खेलबाट २२ अङ्क बनाएको आर्सनल शीर्षस्थानमा छ । पराजित क्रिस्टल १३ अङ्कसहित १०औँ स्थानमा छ ।
अर्को खेलमा म्याचेस्टर सिटीलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ । सिटी भिल्लासँग उसैको मैदानमा १–० गोलले पराजित भयो । जितसँगै १५ अङ्क बनाएको एस्टन भिल्ला आठौँ स्थानमा उक्लिएको छ । पराजित सिटी १६ अङ्कसहित पाँचौँ स्थानमा छ ।
अन्य खेलमा टोट्टनहामले एभर्टनलाई ३–०, बर्नलीले उल्भरह्याम्पटनलाई ३–२, बर्नमाउथले नटिङ्घम फरेस्टलाई २–० गोलले पराजित गरेको छ । एजेन्सी