तिलाचन पाण्डे
तम्घास(गुल्मी), कात्तिक ९ गते । गत जेठदेखि बन्द भएको कालीगण्डकी नदिमा जलयातायात सूचारु भएको छ । शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलप्रसाद भट्टराईका अनुसार वर्षायाममा नदिमा पानीको बहाव बढेका कारण बन्द भएको जलयातायात सूचारु भएको हो ।
शनिबार भएको समितिको बैठकबाट जलयातायात सूचारु गर्ने निर्णण भएको उहाँले बताउनुभयो ।
स्याङ्जाको आधिमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदिमा जलयातायात अहिले सङ्कटमा पर्न थालेको छ । पहिले खाद्यन्न र यात्रुहरु खचाखच बोक्ने जलयातायात (स्टिमर) अहिले मेला पर्वहरुमा मात्र सीमित भएको हो ।
गुल्मी खण्डको कालीगण्डकी करिडोर र पर्वत खण्डको कालीगण्डकी लोक मार्ग खुलेपछि अहिले कहिले मेला पर्व र धर्म कर्म गर्ने मान्छेहरु आउँछन् भनेर व्यवसायीहरु पर्खेर बस्नु वाहेकको विकल्प छैन ।
कहिलेकाही भर्मण आउँनेहरुले स्टिमर रिर्जव गरेर सेतिबेनी शिला शालीग्रामको दर्शन गर्न आउने जाने गर्ने गरेता पनि नियमित रुपमा यात्रुहरुको अभावका कारण समस्या भएको भट्टराईले बताउनुभयो ।
गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोहरुको पहुँच भएका कारणले पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृत लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई सञ्चालनमा आएको छ ।
पहिले १२ वटा साना ठुला गरी स्टिमरहरु रहेता पनि हाल भने तीन वटा मात्रै सञ्चालनमा रहेका छन् ।
प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ भने रिर्जवका लागि दुई हजारदेखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ ।
कालीगण्डकी नदिमा मिर्मीदेखी सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने भट्टराइले जानकारी दिनुभयो ।