• १८ असोज २०८२, शनिबार

चाडवाड नजिकिएसँगै धनकुटामा बढ्यो चहलपहल

blog

धनकुटा बजार र बिहीबारे हटियामा किनमेलमा आउनेहरुको भिड । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा) असोज ९ गते ।
नेपाली हिन्दूहरुको महान् चाड बडादसैँ सुरु भएसँगै धनकुटामा पनि चहलपहल बढ्दै गएको छ । जसले गर्दा व्यापारीहरु  उत्साहित भएका छन् । गाउँदेखि चाडवाडका लागि किनमेल तथा बिक्री गर्न आउने मानिसहरुको आउन थालेसँगै चहलपहल बढेको हो ।

धनकुटा बजारका मुख्य चोक तथा पसलहरुमा किनमेल गर्न आउनेको बाक्लो भिड देखिन थालेको छ । खाद्यान्न, लत्ताकपडादेखि लिएर खसी–बोकासम्म बिक्रीमा गाउँघरदेखि बजार आउने गर्छ । दसैँ सुरु भएको दिन अर्थात् घटस्थापना अघिदेखि नै धनकुटा बजारमा चहलपहल बढेको पाइएको छ । यसले गर्दा व्यापर हुँदा व्यापारीहरु उत्साहित भएका छन् । दसैँमा नयाँ लुगा लगाउने, मीठो मसिनो खाने सबै जना भेला भएर रमाइलो गर्ने चाडका रुपमा परिचित दसैँ व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठुलो सिजन हो । यसपालि दसैँको चहलपहल अघिल्ला वर्षभन्दा केही मात्रामा बढी भएको स्थानीय व्यापारी विक्रम पौडेल बताउनुहुुन्छ ।


तर गाउँघरमा बजार विस्तार बढेपछि केही मात्रामा व्यापार कम होकी भन्ने महसुस भएको पनि पाइन्छ । चाडवाडसँगै दैनिक उपभोग्य वस्तु आवश्यक पर्ने हुँदा किनमेलका लागि मुख्य बजार नै आउने गरेकाले भिडभाड हुने गरेको छ । देश सङ्घीयतामा गएसँगै बजार विकेन्द्रीकृत हुँदा चहलपहल कम भएको पनि अनुमान गर्न सकिन्छ । दसैँ आएसँगै बजारमा ढिलो गरी भिडभाड भए पनि सदाको वर्षभन्दा यसवर्ष व्यापारमा सन्तोषजनक नै रहेको व्यपारीहरु बताउँछन् ।

दसैँको बेला अन्य सिजनको तुलनामा दोब्बरदेखि तेब्बरसम्म आर्थिक कारोबार हुने गरेको व्यवसायीहरुको अनुभव बताउँछन् । एक वर्षमा हुने कारोबारमध्ये दसैँमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । यस अघिका वर्षमा विश्वभरि नै फैलिएको कोभिड महामारीका, गत साल बाढीपहिरोका कारण थला परेको व्यापार तथा अन्य क्षेत्रमा निकै प्रभाव पारेको थियो । यसको प्रत्यक्ष प्रभाव नेपालमा परेसँगै धनकुटामा पनि निकै असर परेको देखिन्छ । तर कोभिडकोे असरले व्यवसायीहरु अहिलेसम्म पनि भने जस्तोगरी उठ्न भने नसकेको व्यापारीहरु बताउँछन् । चाडपर्वमा व्यापार व्यवसायमा सुधार आएसँगै धनकुटाका व्यवसायीहरु निराश नभई उत्साहित र सन्तोषजनक रहेको व्यापारी प्रदीप खतिवडाले बताउनुभयो ।


यस्तै, उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्षका विजय सन्तोषी राईका अनुसार चाडवाड नजिकिएसँगै जिल्ला प्रशासख कार्यालयसँग समन्वय गरेर आवश्यक पर्ने खाद्यान्न लगायतका वस्तु आपूर्तिमा सहज गर्न बताउनुभयो । उहाँका अनुसार दैनिक उपभोग्य वस्तु आर्यात र निर्यातका लागि समन्वय गरेर व्यवसायीहरुसँग ढुवानी सर्वसुलभ ढङ्गले बेचबिखन गर्न आग्रह गरिएको छ । यस्तै, पसलमा अनिवार्य मूल्य सूची, सामान धेरै भण्डार तथा स्टोर नगर्न, सडेगलेका, बिक्री वितरण मिति नाघेका खाद्यान्न विक्री नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

दसैँको बेला अन्य सिजनको तुलनामा दोब्बरदेखि तेब्बरसम्म आर्थिक कारोबार हुने गरेको व्यवसायीहरुको अनुभव बताउँछन् । एक वर्षमा हुने कारोबारमध्ये दसैँमा बढी मात्रामा कारोबार हुने गरको पाइन्छ । जसले गर्दा धनकुटाका व्यापारी गत वर्षभन्दा यसवर्ष उत्साहित भएको पाइन्छ ।