• १८ असोज २०८२, शनिबार

गुल्मीका दश स्थानमा नागरिक सहायता कक्ष स्थापना

blog

गुल्मीको सदरमुकाम तम्घासको बसपार्कमा यात्रु सहायता कक्षको एक कार्यक्रमकाबिच उद्घाटन गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास(गुल्मी),असोज ६ गते । गुल्मीमा दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै गुल्मीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार सदरमुकामा तम्घासको बसपार्क,उदिनढुङगा र देउरालीमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । 

यसका साथै रुरुक्षेत्रको रिडी, मदाने गाउँपालिकाको पुर्कोटदह, मालिका गाउँपालिकाको सिमलटारी, धुर्कोट गाउँपालिकाको बरबोट, चन्द्रकोट गाउँपालिकाको शान्तीपुर, सत्यवती गाउँपालिकको जोहाङ र मुसिकोट नगरपालिकको वामीमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । 

सोमबार दिउँसो तम्घासको बसपार्कमा एक कार्यक्रमकाविच यात्रु सहायता कक्षको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्ण्ुाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । 

चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नुका साथै सरल र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

यस अवधिमा बढी  दुर्घटना हुन सक्ने भएका कारण सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।