• ३१ भदौ २०८२, मङ्गलबार

अब्बल विद्यार्थीका सुझाव

blog

कक्षा १० को अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई भनिन्छ । २०८१ चैतमा सञ्चालित एसइईको नतिजा असारमा सार्वजनिक भएको छ । करिब पाँच लाख विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये करिब नौ सय विद्यार्थीले चार जिपिए  प्राप्त गरेका छन् । चार जिपिए  प्राप्त गर्न सजिलो छैन । त्यसका लागि पढाइमा निकै मेहनत गर्नु पर्छ । 

बुटवलको तिलोत्तमास्थित शान्ति नमुना माध्यमिक विद्यालयका ६०९ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए र तीमध्ये १८ जनाले चार जिपिए  प्राप्त गरे । त्यस खुसियालीमा विद्यालयले विद्यार्थीलाई गाडीमा राखी अबिर जात्रा गर्दै बजारभरि घुमाएको थियो । त्यस्तो सम्मान पाउँदा सर्वोत्कृष्ट विद्यार्थी निकै खुसी भएका थिए । एसइईमा चार जिपिए प्राप्त गर्नुभएकी शान्ति नमुना माविकी छात्रा सेवा रेग्मीले परीक्षासँग डराउने वा आत्तिनुभन्दा कसरी राम्रो गर्न सक्छु भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले हरेक विषयमा लगनशील र धैर्य भएर पढ्नुपर्ने, पुराना प्रश्नको पनि अभ्यास गर्नुपर्ने, शिक्षकले दिनुभएका अतिरिक्त प्रश्न र उत्तरलाई पनि उत्तिकै महìव दिएर पढ्नुपर्ने सुझाव दिनुभयो ।  

सोही माविबाट चार जिपिए प्राप्त गर्नुभएका सुजल घिमिरेले विद्यालयमा पढेका कुरालाई घरमा पनि नियमित रूपमा दोहो¥याउनुपर्ने, नबुझेको विषय शिक्षकसँग लाज नमानेर सोध्नुपर्ने, हरेक दिन मेहनतका साथ पढ्नुपर्ने बताउनुभयो । 

एसइईमा चार जिपिए प्राप्त गर्नुभएकी काठमाडौँको विश्व निकेतन माविकी छात्रा निश्चला आचार्यले पढ्न अल्छी गर्न नहुने बताउनुभयो । “हिजो धेरै पढेँ त्यसैले आज थोरै पढ्छु भन्नु हुँदैन । घरमा हरेक दिन तीनदेखि चार घन्टा पढ्नै पर्छ । बिहान छिटो उठ्नु पर्छ । कमजोर विषयमा बढी ध्यान दिनु पर्छ । मोबाइल फोनको प्रयोग कम गर्नु पर्छ,” उहाँले भन्नुभयो । 

काठमाडौँको नैकापस्थित ब्राइट फ्युचर स्कुलबाट एसइईमा चार जिपिए  प्राप्त गर्नुभएकी छात्रा प्रत्युसा कार्कीले घोकेरभन्दा बुझेर पढ्ने बानी बसाल्न सुझाव दिनुभयो । उहाँले पनि आफूले सकेसम्म मोबाइल फोन नचलाएको सुनाउँदै परीक्षाको तयारी मजासँग गर्ने र परीक्षामा नआत्तिने बानीले सफल हुन सक्ने बताउनुभयो । भक्तपुरको चाँगुनारायणमा रहेको महेन्द्रग्राम माविकी छात्रा गोमा श्रेष्ठले पनि चार जिपिए प्राप्त गर्नुभएको छ । उहाँले इँटा भट्टामा काम गर्दै समय निकालेर मेहनतका साथ पढ्नुभयो । शिक्षकले पढाउनुभएका कुरालाई ध्यान दिएर र बुझेर पढ्ने बानीले आफूले सफलता प्राप्त गर्न सकेको उहाँले बताउनुभयो । धादिङको नीलकण्ठ नगरपालिकामा रहेको बालमन्दिर माध्यमिक विद्यालयबाट एसइईमा चार जिपिए प्राप्त गर्नुभएकी सन्ध्या तिमल्सिनाले हरेक दिन उत्तिकै मेहनत गर्नुपर्ने र पढाइमा कत्ति पनि अल्छी नगर्दा उच्च अङ्कसहित परीक्षामा सफलता प्राप्त हुने बताउनुभयो । 

सूर्यप्रसाद पाण्डे

 मुना