• १४ वैशाख २०८१, शुक्रबार

साताका सात तस्बिर

blog

केही वर्ष अघिसम्म निकै विकट जिल्लाका भनेर चिनिने जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार आधुनिक शहर बन्दैछ। तस्बिर : विशाल सुनार


गएरातिदेखिको बाढीले मेलम्ची-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति। त्यस्तै बाढीको त्रासले मध्यरातमा हेलम्बु, मेलम्चीका मेलम्ची नदी आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा गएका थिए। तस्बिर : देवराज सुवेदी/रासस


चाबहिल–साँखु सडक खण्डअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी। सो सडक निर्माण सुरु भएको पाँच वर्षभन्दा बढीको समय बितिसक्दा पनि थलीमा हालसम्म कालोपत्रे भएको छैन। सडकको दुरावस्थाका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेको छ। तस्बिर : आदित्य दाहाल/रासस


बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेबाट देखिएको बागलुङ बजार । तस्बिर : रामबहादुर थापा/रासस  

 

बुधबार राजधानीकोे नागार्जुन डाँडाबाट देखिएको काठमाडौँ उपत्यका। सहर बढ्दै जाँदा उपत्यकामा खुला ठाउँको अभाव देखिन थालेको छ। तस्बिर : सुजन गुरुङ्ग


जुन २१ अर्थात् विश्व योग दिवसको अवसरमा मंगलबार भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित योगाभ्यास कार्यक्रममा सहभागी। तस्बिर : सुजन गुरुङ्ग


पाल्पाको रम्भा गाउँपालिका–१ सगाहाको चनौटेमा  रोपाईँका लागि धानको बिउ उखेल्दै किसान। तस्बिरः सुशीला रेग्मी रासस