१. सन् २०२५ अगस्तमा प्रकाशित फिफा विश्व वरीयतामा नेपाली महिला राष्ट्रिय टोली कति औँ स्थानमा रहन सफल भएको छ ?
८७ औँ
– यसअघि १०० औँ स्थानमा रहेको नेपालको महिला फुटबल टिमले १३ स्थान सुधार गर्दै ८७ औँ स्थान कायम गर्न सफल भएको ।
– नेपालको यो अहिलेसम्मकै सबैभन्दा उच्च वरीयता हो ।
– यसअघि नेपाली महिला टिमको सबैभन्दा उच्च वरीयता ९१ औँ रहेको थियो ।
२. प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्र (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको सन्दर्भमा कहिले तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको हो ?
विसं २०८२ साउन १८ –स्वदेश फिर्ता : विसं २०८२ साउन २४)
– भूपरिवेष्टित विकासशील देश –एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन –५–८ अगस्ट, २०२५) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको ।
– प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा सहभागी हुन संयुक्त रूपमा निमन्त्रणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको ।
– प्रधानमन्त्रीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष तथा नेपाल सरकार प्रमुखको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्नुभएको ।
– उहाँले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सहअध्यक्षता र अन्य कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको ।
– उहाँले समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, उच्च पारवहन लागत, कमजोर पूर्वाधार, लामो र अनिश्चित पारवहन मार्गहरू, सीमित बजार पहुँच, प्राथमिकताका वस्तु अत्यधिक निर्भरता, विश्वव्यापी व्यापारको जोखिम तथा जलवायु परिवर्तन–प्रेरित प्रकोपका कारण यी मुलुकको अर्थतन्त्र अविकसित र कमजोर रहन
गएको बताउनुभएको ।
– प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील मुलुकको तीव्र विकासका लागि दक्षिण–दक्षिण सहकार्यले थप मार्ग प्रशस्त गर्ने बताउनुभएको ।
३. ‘रानी जमरा कुलरिया सिँचाइ आयोजना’ को उद्घाटन कहिले भएको हो ?
विसं २०८२ साउन १३ गते
– राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने ‘रानी जमरा कुलरिया सिँचाइ आयोजना’ को सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विसं २०८२ साउन १३ गते उद्घाटन भएको ।
– प्रधानमन्त्री ओलीद्वारा थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधाको सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरिएको ।
– यसअघि राष्ट्रिय गौरवका चार वटा आयोजना– अपर तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई औपचारिक उद्घाटन भएको ।
– रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट करिब ३४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने छ ।
– आयोजनाको आधुनिकीकरण २०६६/६७ मा सुरु भएको थियो र यसको तेस्रो चरणको काम २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
४. रुसमा शक्तिशाली भूकम्प कहिले गएको हो ?
सन् २०२५ जुलाई ३०
– रुसको सुदूरपूर्वी तटनजिकै पर्ने काम्चट्का प्रायःद्वीपमा सन् २०२५ जुलाई ३० मा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको ।
– अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (युएसजीएस) का अनुसार सो भूकम्प जमिनको सतहभन्दा १८ किमी तल उत्पन्न भएको ।
५. कोपा अमेरिका वुमन च्याम्पियनसिप २०२५ को उपाधि कसले जित्यो ?
ब्राजिल –उपविजेता : कोलम्बिया
खेल सञ्चालन मिति : ११ जुलाई – २ अगस्ट, २०२५
आयोजक राष्ट्र : इक्वेडर
टिम सङ्ख्या : १०
६. भारतको नोएडामा सम्पन्न प्रतिष्ठित एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन् ?
रवीन्द्र ढाँट – (बझाङ, नेपाल),
– फाइनल खेल : २ अगस्ट, २०२५
– भारतका चुनरेङ कोरेनलाई पराजित गर्दै रवीन्द्रले सो उपाधि जित्न सफल भएका ।
– उनी म्याट्रिक्स फाइट नाइट (एनएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दी इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए ।
– रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर
बनेका छन् ।
७. पब्जी मोबाइल एसियन सोडाउन, २०२५ को उपाधि जित्ने राष्ट्र कुन हो ?
पाकिस्तान –उपविजेता : इन्डोनेसिया)
– यस प्रतियोगितामा नेपाल –टिम निलो) ले तेस्रो स्थान हासिल गरेको । त्यसै गरी नेपाल रातो चौथो, मलेसिया पाँचौँ तथा जोर्डन छैटौँ भएका ।
– सो प्रतियोगितामा पाकिस्तानका फाल्का उत्कृष्ट खेलाडी घोषित भएका ।
– प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु. चार लाख, दुई लाख र एक लाख ५० हजार रुपियाँ प्राप्त गरेका ।
८. सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन् ?
बेलायतका केन्टन कुल
– ५१ वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् २०२५ मे १८ मा १९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका ।
– केन्टन कुलले सन् २००४ देखि हरेक वर्ष सगरमाथा आरोहण गर्दै आएका छन् ।
– सर्वाधिक सगरमाथा आरोहणको कीर्तिमान कामीरिता शेर्पाको नाममा छ, जसले ३१ औँ पटक सगरमाथा चढिसकेका छन् ।
९. संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई इन्टरनेसनल इयर अफ को–अपरेटिभ्सको रूपमा मनाउने घोषणा गरिएको छ ?
सन् २०२५
सन् २०२५ मा मनाइने संयुक्त राष्ट्रसङ्घीय वर्ष
– इन्टरनेसनल इयर अफ पिस एण्ड ट्रस्ट
– इन्टरनेसनल इयर अफ ग्लेसियर प्रिजर्भेसन
– इन्टरनेसनल इयर अफ को–अपरेटिभ्स
– इन्टरनेसनल इयर अफ क्वान्टम साइन्स एन्ड टेक्नोलोजी
१०. विशाखापट्टनम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटीएस) प्रक्रिया अन्तर्गत कन्टेनर पारवहन कहिलेदेखि सुरु गरिएको हो ?
विसं २०७५ फागुन ३
११. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?
धादिङ (११ गाउँपालिका)
१२. सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो मिर्गौला प्रत्यारोपित व्यक्ति को हुन् ?
पेम्बा शेर्पा
– मिर्गाैला प्रत्यारोपणपछि सगरमाथाको आरोहण गरी उनले विश्व कीर्तिमान कायम गरेका ।
– सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–७ सोलावनका ३६ वर्षीय पेम्बाले विसं २०८१ वैशाख ३१ –(सन् २०२५ मे १४) गते सगरमाथा आरोहण गरेका ।
– उनको २०७९ कात्तिक २ गते भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
– आरोहण संस्था : एक्सपिडिसन हाई माउन्टेन ट्रेक्स
१३. टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ ?
भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल)
१४. सरकारद्वारा राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ कहिले स्वीकृत गरिएको हो ?
विसं २०८२ साउन १८
– नेपाली श्रमिकको मानव अधिकारको संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता श्रमिकको सिप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा पुनर्एकीकरणमा जोड दिनु नीतिको प्रमुख उद्देश्य रहेको ।
– नीतिमा वैदेशिक रोजगारीमा जाने अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण र व्यवस्थापन, विदेशी श्रमिकको नियमन, महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक श्रमिकप्रति संवेदनशील नीति र कार्यव्रmमको व्यवस्था गरिएको ।
– श्रम आप्रवासन क्षेत्रका समस्या, चुनौती र जोखिमलाई सम्बोधन गर्दै यो नीतिले श्रम आप्रवासनलाई प्रतिफलयुक्त बनाई प्राप्त विप्रेषणलाई उत्पादन र उद्यमशीलता केन्द्रित गरी समृद्धिको आधार बनाउने मार्गचित्र प्रस्तुत गरेको ।
– नीति अन्तर्गत वैदेशिक रोजगार ऐन तथा नियमावलीको संशोधन, श्रम कूटनीति सबलीकरण, एकद्वार प्रणालीको विकास, सिप प्रमाणीकरण, उद्यमशीलता प्रवर्धन तथा सामाजिक सुरक्षा कार्यव्रmमको पहुँच विस्तार गरिने व्यवस्था गरिएको । यस नीतिले वैदेशिक रोजगार नीति, २०६८ लाई प्रतिस्थापन गरेको ।
१५. विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्युआर कोडको पूरा रूप के हो ?
क्विक रेस्पोन्स कोड
१६. नेपालले अन्तर्राष्ट्रिय गुणस्तर संस्था (आइएसओ) को पूर्ण सदस्यता कहिलेदेखि लागु हुने गरी प्राप्त गरेकोे हो ?
सन् २०१४ जनवरी
१७. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ ?
– लाओस
१८. उपत्यकाको चौडा सडकमा सवारीसाधनको गति मापनका लागि प्रयोगमा ल्याइएको प्रविधि कुन हो ?
– लेजर स्पिड गन
१९. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ?
छिमेकी चरा
२०. नेपालका तर्फबाट आणविक ऊर्जासम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क (सिपिएफ) मा कहिले हस्ताक्षर भएको हो ?
सन् २०२२ सेप्टेम्बर २७
२१. नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) ले वर्ष उत्कृष्ट खेलाडी अवार्ड–२०८१ बाट कसलाई सम्मानित ग¥यो ?
पुरुषतर्फ : भीमबहादुर तामाङ र महिलातर्फ : सुस्मिता थापा मगर
– वर्ष उत्कृष्ट प्रशिक्षकमा आकाशचन्द्र घर्तीमगर, प्रदेश सङ्घमा गण्डकी र जिल्ला सङ्घमा गुल्मी उत्कृष्ट घोषित भई सम्मानित भएका ।
प्रस्तुतकर्ता : टङ्क केसी