• २६ साउन २०८२, सोमबार

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

blog

निराजन परियार
चौमाला (कैलाली), साउन २६ गते ।
कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका ४ पुरैनाताल सामुदायिक वन क्षेत्र नजिकबाट लागुऔषध सेवन गरीरहेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरा बस्ने २७ वर्षीय शङ्कर जैसी र बर्दियाको गेरुवा गाउँपालिका १ थापापुर बस्ने २४ वर्षीय किरण रावल पक्राउ परेका हुन् ।

यी दुबै जनालाई सात ग्राम लागुऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, कैलालीको जानकी गाउँपालिका १ दुर्गौलीबाट सोही ठाउँ बस्ने २७ वर्षीय क्षेत्रराज रावतलाई पक्राउ गरिएको छ । शङ्कास्पद रुपमा बसिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट १०० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।