काठमाडौँ, साउन १७ गते । चलचित्र ‘चिठीको गीत ‘सिन्दूरको रङ’ सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधवराज खरेलले निर्देशन गर्नुभएको हो । गीत भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन सङ्घर्ष तथा आफ्ना पतिप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ ।
गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको सङ्गीत र गायिका बेनिशा पौडेलको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका अभिनेता सन्जित भण्डारी र कञ्चन चालिसेले अभिनय गर्नुभएको छ भने गायिका पौडेल स्वयम् पनि उक्त गीतमा गायिकाकै रूपमा देखिनुभएको छ ।
चलचित्रमा खड्गबहादुर पुन ‘खबपु’, सन्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेललगायत कलाकारको अभिनय रहेको छ ।