• ६ असार २०८२, शुक्रबार

जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

blog

जनता समाजवादी पार्टी नेपालको पार्टी केन्द्रीय कार्यालय ।

काठमाडौँ, असार ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।शनिबार र आइतबार (असार ७ र ८ गते) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भाबी कार्ययोजनालगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताउनुभयो ।