• १ असार २०८२, आइतबार

भूमेपर्वमा दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानमा सार्वजनिक बिदा

blog

दाङ, असार १  गते । भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो । 

भूमे पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।