• ३० जेठ २०८२, शुक्रबार

तीव्र बसाइँसराई रोक्न सरकार लाग्नुपर्छ : नेता बिष्ट

blog

धुर्कोटको हिमालय माविको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा नेकपा (एमाले) मा सचिव तथा सांसद गोकर्ण बिष्ट । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, जेठ २९ गते । नेकपा (एमाले) का सचिव तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभएको छ । 

अझै पनि सबै ठाउँमा जनताका आधारभूत आवश्यकता पूरा नसकिएको अवस्थामा स्रोत साधनअनुसार स्थानीय तहदेखि सङ्घीय सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा बिष्टले जोड दिनुभयो । धुर्कोट गाउँपालिका –५ वस्तुको हिमालय माविमा युडब्लुएस नेपालले निर्माण गरेको विद्यालय भवन उदघाटन गर्दै बिष्टले अझै पनि शिक्षा र स्वास्थ्यकै लागि गाउँ छोड्नुपर्ने अवस्थाले गाउँ रित्तो हुँदैगएको बताउनुभयो ।

निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिँचाइलगायतका योजना निर्माण भइरहेको भए पनि तीब्र रुपमा बसाइँसराइ भएको बताउनुभयो । बिष्टले जिल्लाको शिक्षाक्षेत्रमा यु.डब्लु.एस. नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्लामा केन्द्रबाट समावेश भएका विकास निर्माणका योजनाको बारेमा प्रकाश पार्नुभयो ।