• ३० जेठ २०८२, शुक्रबार

गैँडाको आक्रमणबाट एकजना घाइते

blog

बोमलाल गिरी
नवलपुर, जेठ २९ गते ।
नवलपुरमा बिहीबार बिहान गैँडाले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । मध्यविन्दु नगरपालिका–२ सेहरीको बाटोमा हिँडिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय रेशमलाल महतोलाइ एक्कासी गैँडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार गैँडाको आक्रमणबाट महतोको दुबै खुट्टामा चोट लागेको छ । उहाँको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको नेपालले बताउनुभयो ।