• २९ जेठ २०८२, बिहिबार

लागुऔषधसहित सात पक्राउ

blog

अविनाश चौधरी
धनगढी, जेठ २८ गते ।
कैलाली प्रहरीले २७ ग्राम ३८० मिलिग्राम लागु औषध (खैरो हेरोइन)सहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुखड र गेटाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका २० वर्षीय उमेश नाथ, सुखड बस्ने १९ वर्षीय विनोद मिजार, १८ वर्षीय नविन मिजार, १९ वर्षीय दिनेशबहादुर विष्ट र साडुपानी बस्ने १८ वर्षीय मुकेश बस्नेत रहेका छन् ।

घोडाघोडी नगरपालिका–१ सुखडस्थित मान्छे नबस्ने घरमा लागु औषध खाइरहेको अवस्थाबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट २१ ग्राम ८२० मिलिग्राम लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका गणेश नाथले जानकारी दिनुभयो ।

यस्तै, गोदावरी नगरपालिका–५ गेटाबाट पाँच ग्राम १८० मिलिग्राम लागु औषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ मनहराका १८ वर्षीय मुकेश बस्नेत र वडा नम्बर ९ का २७ वर्षीय चिरञ्जिवी विक रहेका छन् । पक्राउ परेकाहरू माथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।