अर्जुन काफ्ले
स्याङ्जा, जेठ २२ गते । १३ औँ राष्ट्रपतिकप खेलकुद प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले १६ स्वर्ण, छ रजत र सात कास्य पदक ल्याउँदै पहिलो भएको हो ।
यस्तै १२ स्वर्ण, १८ रजत र ११ कास्य पदक हात पार्दै चापाकोट नगरपालिका दोस्रो भएको हो । यस्तै तृतीय पुतलीबजारले ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक हात पारेको हो ।
जेठ १९ बाट जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा सुन्तलीटार खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।
एथ्लेटिक्स, भलिबल, कबड्डी र कराते (छात्र छात्रा ) गरी ४३ स्वर्ण, ४३ रजत र ४३ कास्य पदकमा प्रतिस्पर्धा भएको समितिका अध्यक्ष प्रकाश रेग्मीले बताउनुभयो । प्रतियोगितामा पाँच पालिकाका तीन सय खेलाडीको सहभागिता रहेको रेग्मीले बताउनुभयो ।
यहाँ व्यक्तिगत प्रतिस्पर्धामा प्रथम र ग्रुप खेलमा उत्कृष्ठ खेलाडी यही जेठ २६ र २७ गते गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपतिकप खेलकुदमा सहभागिता जनाउने छन् ।