• २१ जेठ २०८२, बुधबार

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

blog

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ १९ गते । संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीका महासचिव देव गुरूङ, प्रमुख सचेतक हितराज पाण्डेलगायत हुनुहुन्छ ।

बैठकमा आव २०८२/८३ को बजेट प्रस्तुत र भिजिट भिसा  प्रकरण पछि उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिइएको छ ।