सिराज खान
नेपालगन्ज, जेठ ११ गते । प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा ब्वाईज अन्डर–१५ तर्फ आर्यन रानाले उपाधि हात पार्नुभयो ।
मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी पहिलो हुनुभयो । नेपालगन्जमा सम्पन्न प्रतियोगितामा अन्डर–१५ तर्फ आर्यनले संस्कार केसीलाई २१–१६, १६–२१ र२१–१६ ले पराजित गर्दै च्याम्पियन हुनुभयो । केसी दोस्रो तथा अभय राजबंशी र सुयोग्य श्रेष्ठ तेस्रो हुनुभयो ।
शीर्ष तीनले क्रमश: १० हजार, पाँच हजार र २५ सय रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा आर्यन राना उत्कृष्ट खेलाडी घोषित हुनुभयो । त्यस्तै आर्यन बुढा उदयमान खेलाडी बाट पुरस्कृत हुनुभयो ।
त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढामगर र बिरेन्द्र श्रीषको जोडीलाई २१–१९, १७–२१ र २१–१९ ले पराजित गर्दै पहिलो हुनुभयो ।