• ११ जेठ २०८२, आइतबार

१३ औं युसिमास प्रतियोगिता सम्पन्न

blog

काठमाडौँ, जेठ १० गते। विश्वव्यापी रुपमा मान्यता प्राप्त शैक्षिक कार्यक्रम युसिमास (युनिभर्सल कन्सेप्ट अफ मेन्टल अर्थमेटिक्स सिस्टम) नेपालका १३ औं राष्ट्रिय अबाकस तथा मानसिक गणित प्रतियोगिता शनिबार राजधानीमा सम्पन्न गरेको छ।

प्रतियोगितामा मुलुक भरबाट पाँच सय विद्यार्थीको सहभागिता रहेको युसिमासले जनाएको छ।प्रतियोगितामा यस कार्यक्रममार्फत तालिम प्राप्त बालबालिकाले आफूले सिकेको सिपलाई गणितीय रुपमा प्रस्तुत गरेका थिए।

यस कार्यक्रमले बालबालिकाको मानसिक विकासलाई मानसिक गणित र अबाकसमा आधारित नविन सिकाई विधिको माध्यमबाट अभिवृद्धि गर्दछ।सन् १९९३ मा स्थापित यो कार्यक्रम हाल विश्वका ८० मुलुकमा सञ्चालन भइरहेको छ। 

यसले बालबालिकाई एकाग्रता, स्मरणशक्ति, सिर्जनात्मकता र समग्र शैक्षिक प्रदर्शन सुधार्न सहयोग पुर्‍याइरहेको युसिमानस नेपालका कार्यकारी निर्देशक पल्लवी श्रेष्ठले बताउनुभयो।कार्यक्रममा युसिमास अन्तर्राष्ट्रिय मुख्यालय मलेसियाका प्रमुख कार्यकारी अधिकृत अलेक्सन वोंगले बालबालिकाको संज्ञानात्मक विकासमा युसिमास कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

प्रतियोगितका विजयी विद्यार्थीलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रममा युसिमास नेपालका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्नेहल कारियाले युसिमासलाई विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाले वैज्ञानिक रुपमा अनुसन्धान गरेर प्रमाण पेश गरेको बताउनुभयो।

एमआइटी, हार्वड, स्ट्यानफोर्ड र युनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगो जस्ता विश्वविद्यालयहरुले अनुसन्धान गरेर युसिमासको अवधारणालाई प्रमाणित गरेको उहाँले बताउनुभयो।