• १० जेठ २०८२, शनिबार

लक्ष्मीको ‘नौली हदेली’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौंँ जेठ १० गते । गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘नौली हदेली’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदाप दासले साथ दिनुभएको छ । माया प्रेममा रहेका साली भेनाको कथा गीतमा समेटिएको छ । विवाह गर्छु भनेर वचन दिएर अर्कोसँग सम्बन्ध बनाउने भेनालाई केही वर्षपछि भेट हुँदा सालीले  प्रश्न गर्ने र भेनाले जवाफ दिने  गीतमा छ ।

गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो भने एरेन्ज देवेश राईले गर्नुभएको छ । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको छ । उक्त गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट सार्वजनिक गर्नुभएको हो ।