• २१ वैशाख २०८२, आइतबार

कान्ति लोकपथ मर्मत पश्चात् सुचारु

blog

अनिल पराजुली
हेटौँडा, वैशाख २१ गते ।
हेटौँडा ठिङ्गन हुँदै काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोबाट यातायात आवागमन सुचारु भएको छ । साढे ६ घण्टापछि यातायात आवागमन सुचारु भएको हो ।

मकवानपुर र ललितपुरको सिमानास्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ ललितपुरको बागमती नदीमा सवारी साधन आवतजावत गर्न बनाएको डाइभर्सन बाटो पानीले बगाएर अवरुद्ध भएको थियो ।

बिहानदेखि अवरोध भएको सडक मर्मत पश्चात् दिउँसो १२ बजेर ४५ मिनेटपछि सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

कान्ति लोकपथ सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहेको छ ।