ठाकुर सेनेहाङ
तेह्रथुम, वैशाख २० गते । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चोलुङपार्कमा निर्माण गरिएको युमा सङ्ग्रहालय ऐतिहासिक तथा पुराताìिवक वस्तु सङ्कलन गरी बढाउन थालिएको छ । सङ्ग्रहालयमा मानव जीवनमा जन्मदेखि मृत्यृसम्म प्रयोग गरिने वस्तु सङ्कलन गरी सङ्ग्रहित गर्न थालिएको हो ।
सङ्ग्रहालयमा लिम्बू समुदायसँग सम्बन्धित पुरातात्त्विक सा सामग्री राखिएका छन् । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित तिनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको वसन्तपुर बजारनजिकै निर्माण गरिएको सङ्ग्रहालयले पर्यटन प्रवर्धनमा समेत टेवा पु-याएको छ । यो सङ्ग्रहालय आदिम सभ्यताको रूप रहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जनु माबोहाङको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ राखिएका सामग्री अरू कुनै पनि ठाउँमा राखिएका छैनन् ।”
सङ्ग्रहालयमा गोर्खाली फौज र लिम्बुवानबिच लडाइँ हुँदाका समयमा प्रयोग गरिएका हातहतियार, लिम्बू समुदायका पूर्वजले प्रयोग गरेको वेशभूषा राखिएका छन् । त्यस्तै मावन जीवनमा प्रत्यक्ष रूपमा आवश्यक हुने पुरातात्त्विक सा तथा ऐतिहासिक बहुमूल्य सामग्री सङ्ग्रहालयमा सङ्कलन भइरहेका छन् । सङ्ग्रहालय निर्माणले इतिहासलाई जीवन्त राखेको सङ्ग्रहालय अवलोकनमा पुगेका पर्यटक महेन्द्र मादेनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रहालयले यहाँको इतिहास जीवन्त राखेको छ ।”
लालीगुराँस नगरपालिकाले यहाँ बसोबास गर्दै आएका विभिन्न जातजातिको इतिहासलाई संरक्षण गर्ने उद्देश्यका साथ सङ्ग्रहालय निर्माणमा वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । सङ्ग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो रहेको लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “युमा हिम र चोलुङपार्कमा यस आवमा करिब २० लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।”
यहाँ राखिएका आदिम सभ्यताका सामग्री अवलोकनका लागि पर्यटक आउन थालेका छन् । ऐतिहासिक तथा पुराताìिवक सामग्री सङ्कलन गरेर बनाइएको यो सङ्ग्रहालय एक सङ्ग्रहालय मात्र नभई मुलुककै प्रसिद्ध पर्यटकीय