• १७ वैशाख २०८२, बुधबार

रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

blog

काठमाडौँ, वैशाख १७ गते । सर्वोच्च अदालतले रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । सह–रजिष्ट्रार अच्युत कुइकेलले प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्साललाई बोधार्थ पठाउँदै रेशमलाई तत्काल रिहा गर्न बुधबार पत्र लेख्नुभएको हो । 

यसअघि अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भएर कैदमा राख्न पठाइएको पत्र अदालतको आधिकारीक नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी चौधरीलाई रिहा गर्नु भनिएको हो ।