इमान सिं राना
रामपुर (पाल्पा), वैशाख १ गते । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा रामपुर नगरपालिका–३ बस्ने ७५ वर्षीय पदमबहादुर ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामपुर–३ को लाम्टाङ बाट ओइरेघाट तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर ओइरेघाट स्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
आइतबार साँझ भएको दुर्घटनामा घाइते हुनुभएका ठाडालाई स्थानीयले उद्धार गरी रामपुर अस्पताल पठाईएको थियो । उहाँलाई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।