प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), चैत २७ गते । रौतहटको वृन्दावन नगरपालिका वडा नं. १ स्थित आसन घाटमा नुहाउने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. १ बल्लेरी टोलका १८ वर्षीय अर्जुन प्रजा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आसन घाटमा नुहाउने क्रममा बढि गहिराइमा पुगेका कारण भाइको ज्यान गएको मृतकका दाइ सुदिप प्रजाले बताउनुभयो ।
वृन्दावन नगरपालिकाले बालुवा गिट्टी उत्खनन गर्दा मापदण्ड पूरा नगरेको, ८ देखि १० फिटसम्म खाल्डो खनेका कारण जोखिम बढेको वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख राम स्नेही यादवले बताउनुभयो ।
स्थानिय सुबोध पटेलका अनुसार बालवा गिट्टी उत्खननको ठेक्का पाएका ठेकेदार कम्पनिको लापारवाहीले प्रजाको ज्यान गएकोले ठेकेदार कम्पनीलाई कारबाही हुनुपर्ने माग गर्नुभयो ।